दफा
सचिवको नियुक्ति
 (१) परिषद्को कार्यालयको प्रशासकीय प्रमुखको रुपमा एक जना सचिव रहनेछ ।
(२) परिषद्ले कम्तीमा कानूनमा स्नातक भउको व्यक्तिलाई सचिवको पदमा नियुक्त गर्न वा परिषद्को अनुरोधमा श्री ५ को सरकारले राजपत्रांकितसम्मको कर्मचारीलाई खटाउनेछ ।
(३) यस ऐनमा लेखिएदेखि बाहेक सचिवको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(४) सचिवको पारिश्रमिक, सुविधा र सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछन्।
(५) सचिवको अनुपस्थितिमा परिषद्ले कुनै कर्मचारीलाई सचिवको रुपमा काम गर्न तोक्न सक्नेछ ।